समाज

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

Banner

डडेल्धुरा,जेठ २०-

डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया महिलाको मृत्यु भएको हो। मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए।

‘हिजो राति शौचालय गएको बेला उहाँ बेहोस हुनु भएछ। उहाँ काप्दै हुनुहुन्थ्यो भन्ने बुझिएको छ। उहाँमा काप्ने लक्षण देखिएको रहेछ,’ विष्टले भने, ‘पछि गाउँबाट धामीझाँक्री आएको भन्ने बुझिएको छ। पछि लगत्तै उनको मृत्यु भएको हो।’ चार दिनअघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्। मंगलबार राति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेन्स पुगे पनि कोरोनाका कारण मुत्यु भएको भन्दै कसैले पनि नछोएको स्रोतको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>