राजनीति

रुकुम घटनामा गृहमन्त्रीको जवाफः विभेद अमेरिकामा पनि छ

Banner

काठमाडौं,जेठ २०-

रुकुम पश्चिममा दलित युवकको हत्या भएको विष यमा संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले अमेरिकाजस्तो देशले पनि विभेद अन्त्य गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा उनले अमेरिका लोकतन्त्रको उच्चतम रुप भएको ठाउँमा समेत विभेद अन्त्य नभएको प्रतिक्रिया दिएका हुन् ।

‘अमेरिकामा पनि विभेद दण्डनीय छ । लोकतन्त्रमा (अब्राहम) लिंकनको परिभाषा सर्वश्रेष्ठ मानिन्छ । त्यही देशमा त्यही रुपमा लोकतन्त्र कार्यान्वयनमा भएको छैन । मार्टिन लुथर किङको हत्या भएको थियो । कानूनमा विभेदको अन्त्य भएको भए पनि पूर्ण कार्यान्यन भएको छैन’ उनले भने ।

नेपालमा पनि २०६२ ६३ पछि राजनीतिक र कानूनी रुपमा विभेद अन्त्य गरे पनि वैचारिक र सैद्धान्तिक रुपमा अन्त्य हुन नसकेको गृहमन्त्री थापाले बताए । ‘अमेरिकाले पनि सकेको छैन। हामीले पनि सकेका छैनौं’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>