राजनीति

संविधान संशोधनका पक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई कार्यसमितिको निर्देशन

Banner

काठमाडौँ,जेठ १८-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ। आइतबार संसदमा प्रस्तुत हुने संविधान संशोधन प्रस्तावका पक्षमा उभिन कांग्रेसले संसदीय दललाई निर्देशन दिएको हो।

संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सा संशोधन गर्न सरकारले ल्याएको प्रस्तावलाई केन्द्रीय समिति बैठकबाटै अनुमोदन गर्ने निर्णय पदाधिकारी बैठकले गरेपछि शनिबार एक दिनका लागि बैठक बोलाइएको हो।

कांग्रेसले संशोधन प्रस्तावलाई समर्थन गर्ने तर उक्त विषय केन्द्रीय समितिबाटै निर्णय गर्ने भन्दै समय माग गरेपछि बुधबार संसदमा प्रस्तुत गर्ने गरी कार्यसूची तय गरे पनि हटाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>