राजनीति

भारतबाट फर्केका सबै नागरिकको कोरोना परीक्षण गर्न ‘विप्लव’को माग

Banner

काठमाडौँ,जेठ १६–

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लकडाउनका कारण समस्यामा परेर भारतबाट स्वदेश फर्केका सबै नेपालीहरुको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ।

पार्टीका सेतीमहाकाली इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै भारतमा रहेका नेपाली श्रमिकहरु सुदूरपश्चिमबाट मात्रै दैनिक हजारौँको संख्यामा नेपाल प्रवेश गरिरहेको तर उनीहरुको परीक्षण नगरिएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले अप्ठ्यारोमा परेका नागरिकहरुलाई स्वदेश फर्काउनु खुशीको कुरा भए पनि नेपाल प्रवेशपछि उनीहरुको कोरोना परीक्षण, उपचार, व्यवस्थापन र गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गतिलो गरी गर्न माग गरेका छन् ।

साथै विदेशमा रहेका तर घर फर्किन चाहने सम्पूर्ण प्रवासी नेपालीलाई अझै सहज रूपमा घर फर्कने वातावरण सृजना गर्न पनि पार्टीले माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>