राजनीति
बजेट प्रगतिशील र जनपक्षीय छ,म खुसी छुः प्रचण्ड
०

काठमाडौं,जेठ १५-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रगतिशील र जनपक्षीय भएको प्रतिक्रिया दिएका छन् ।
बजेटबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘कोराना महामारीको यो विषम परिस्थितिमा पनि सन्तुलित, जनतालाई राहत दिने किसिमले सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय ढंगले समाजवादउन्मुख बाटो पक्रिने बजेट आयो, म खुसी छु ।’
आर्थिक वर्ष २०७७/०७८ को बजेटले सबै समुदाय, त्यसमा पनि निम्नवर्गका जनतालाई सम्बोधन गर्ने र राहत दिनेगरी आएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















