देश/प्रदेश
कपिलवस्तुमा बालिका बलात्कृत
०
कपिलवस्तु, जेठ १४–
महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।
नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पु¥याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो ।
अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























