देश/प्रदेश

पहिलोपटक जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स

Banner

काठमाडौँ, जेठ १३–

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।

बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौं उडान हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । काठमाडौँ–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ ।

निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको जानकारी दिनुभयो । यो उडानमा २६० हाराहारी यात्रु रहेका छन् । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>