देश/प्रदेश
आज साँझ हावाहुरीसहित परेको चट्याङमा परेर एकको मृत्यु
०

रौतहट, जेठ ११-
आज साँझ यहाँ हावाहुरीसहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । मलहापुर नगरपालिका–८ सर्नियाटोलका ४५ वर्षीय राजकुमार बैठाको चट्याङबाट मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बैठाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । हावाहुरी र चट्याङले अन्य के कति क्षति भयो यकिन हुन सकेको छैन । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























