देश/प्रदेश

ब्राउनसुगरसहित दुई जना पक्राउ

Banner

बनियानी, जेठ १०–

झापाको विर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो १ः०० बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

पक्राउपर्नेमा विर्तामोड–४ का २८ वर्षीयद्वय पवन चौधरी र महेश गुरुङ रहेका छन् । उनीहरुको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद गरिएको प्रमुख कोइरालाले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>