देश/प्रदेश
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४९ पुग्यो
०

काठमाडौं, जेठ ८–
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ ।
आज (बिहीबार) थप चार जना टेकु अस्पताल काठमाडौंबाट डिस्चार्ज भएसंगै निको हुनेको संख्या बढेकोहो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक साताअघि भर्ना भएका काठमाडौंका २, भक्तपुरका २ जना संक्रमित उपचारपछि घर फर्केका हुन् ।
भक्तपुर दुवाकोटका पुरुष, ठिमीकी महिला, कन्चनपुरबाट आएकी महिलामा कोरोना देखिएको थियो । २४ घण्टाको फरकमा दुई पटक स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज भएको आज (बिहीबार) नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यस्तै नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या भने ४५३ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























