राजनीति

‘नेपाल कश्मिर होइन, नेपालको नयाँ नक्साको विरोध गर्नुको अर्थ छैनः भारतीय प्रोफेसर

Banner

काठमाडौं,जेठ ८-

भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले सामाजिक सञ्जाल ट्वीटरमार्फत एकाउन्टबाट ट्वीट गर्दै नेपालको नयाँ नक्साको भारतले विरोध गर्नुको अर्थ नरहेको बताएका हुन् ।

उनले भारत र नेपालबीच ‘नक्सा युद्ध’ भएको पनि बताएका छन् । ‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गर्यो । भारतले यसलाई स्विकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन । यद्यपि, यो ‘नक्सा युद्ध’ कसले सुरु गरेको हो ? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो ? यो शक्तिले उन्माद मोदीद्वारा कश्मिरको नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मिर होइन,’ उनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>