देश/प्रदेश

भारतबाट आएका ४५ जना कपिलवस्तुको क्वारेन्टाइनबाट भागे

Banner

कपिलवस्तु, जेठ ४–

भारतबाट आएर कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ४५ जना भागेका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका हुन् ।

भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना समेत क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>