खेलकुद

कोरोना त्रासकै बीच जर्मनीमा बुन्डेसलिगा फुटबल सुरु

Banner

बर्लिन, जेठ ३–

कोरोना त्रासकै बीच जर्मनीको बुन्डेसलिगा फुटबल सुरु भएको छ । आज (शनिबार)देखि खाली रंगशालामा बुन्डेसलिगा सुरु भएको हो ।

पहिलो खेलमा अहिले तेस्रो स्थानमा रहेको आरबी लेप्जिगले फ्रेइबर्गको सामना गरिरहेको छ। २० मिनेटको खेल सकिदासम्म कुनै टिमले पनि गोल गर्न सकेका छैनन् । यस खेलमा जर्मन स्ट्राइकर टिमो वार्नरको उद्देश्य छ, गोल गर्ने । यी २४ वर्षीय खेलाडी भन्छन्, ‘मेरो उमेरमा धेरै कम खेलाडीले मात्र २० गोल गरेका छन् । मैले अहिले नै २१ गोल गरिसकें । मेरो उद्देश्य हो, यसपल्ट ३० गोल छुने ।’

लेप्जिग ५ अंकले बायर्नभन्दा पछाडि छ । लिग स्थगित हुनु ठीकअगाडि उसले लेभरकुजन र उल्फसबर्गसँग बराबरी खेल्नु महँगो साबित भएको छ ।

युरोपका अन्य प्रमुख फुटबल देश इंग्ल्यान्ड, स्पेन र इटालीमा एक प्रकारले फुटबल फेरि कहिले सुरु हुने हो, पत्तो छैन । सायद महिना दिनपछि मात्र त्यहाँ फुटबल सम्भव हुनेछ । युरोपमै कोभिड–१९ को महामारीबीच फुटबल सुरु गर्ने जर्मन प्रमुख देश बनेको छ । आखिरमा जर्मनी त्यही देश हो, जहाँ भाइरस संक्रमितमध्ये ७ हजार ७ सयभन्दा बढीले ज्यान गुमाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>