खेलकुद

इटालीको सिरी ए लीग संचालनको तयारी

Banner

काठमाडौं, जेठ १–

इटालीको सिरी ए लीग आगामी १३ जुनमा सुरु गर्ने तयारी भइरहेको छ । तर यसका लागि इटलीको सरकारले स्वीकृति दिनुपर्नेछ ।

यदी सरकारले स्वीकृति दिए १३ जुनबाट सिरी ए फेरि सुरु गर्ने योजना रहेको छ ।

बुधबार भिडियो कन्फ्रेन्समार्फत लिगको जेनेरल एसम्लिले सरकारको निर्णय र मेडिकल प्रोटोकल अनुसार लिग फेरि सुरु गर्ने मिति बारे निर्णय गरेको बीबीसीले जनाएको छ ।

मेडिकल प्रोटोकल अनुसार कुनै टिमको एक खेलाडी र वा स्टाफ मात्रैलाई कोभिड १९ पोजिटिभ देखिए पूरै टिम नै दुई साता क्वारेन्टिनमा बस्नुपर्ने छ ।

इटालियन सिरी ए को शीर्ष डिभिजनका क्लबहरु मे महिनामा ट्रेनिङमा फर्किएका छन् । तर खेलाडीहरुले व्यक्तिगत रुपमा मात्र ट्रेनिङ गर्न पाउनेछन् ।

विश्वभर महामारीको रुपमा रहेको कोभिड–१९ ले गर्दा सिरी ए ८ मार्च देखि स्थगित गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>