Breaking News

सुदूरपश्चिममा अब छैनन् संक्रमित, पाँचौं महिला पनि घर फर्किन्

Banner

काठमाडौं, बैशाख २६-

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला डिस्चार्ज भएकी छिन् । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट शुक्रबार डिस्चार्ज गरिएको हो ।

उनी ३५ दिनको अस्पताल बसाईपश्चात निको भएर घर फर्किएकी हुन् ।

उनलाई उनका आफन्तबाट कोरोना सरेपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो ।

यसअघि सेती अस्पतालमा उपचार गराएका ४ जना भने निको भएर घर फर्किसकेका छन् । योसँगै सुदूरपश्चिमका सबै पाँचै संक्रमितहरु निको भइसकेका छन् ।

यसअघि लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढीका ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला निको भएर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>