Breaking News

चितवनको नाका पुलचोकमा कडाई, सय बढी सवारीलाई फर्काइयो

Banner

चितवन, वैशाख २४–

चितवनमा आज (बुधबार)देखी नाकाहरुमा थप कडाई गर्न थालिएको छ । जिल्ला प्रवेश गर्ने नाका नारायणगढस्थित पुलचोकमा बुधबार चेकजाँचमा कडाई गरिएको छ ।

अनावश्यक रुपमा सवारी साधन लिएर निस्कनेहरुलाई प्रहरीले चितवन प्रवेश गर्न दिएको छैन । प्रहरीले नारायणी पुलबाटै मोटरसाइकल र कारहरुलाई फर्काइ दिन थालेको छ । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बुधबार विहानैदेखि जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाई गरिएको बताए । उनले चितवन प्रवेश गर्न खोज्ने १५० बढी मोटर र कारलाई फकाईएको जानकारी दिए । ‘अनावश्यक रुपमा हिडडुल गर्ने धेरै भएकाले चेकजाँचमा थप कडाई गरिएको हो, अनावश्यक सवारी साधनलाई प्रवेश गर्न दिएका छैनौं ।’

पुलचोकमा चेकजाँच कडा गर्दा बुधबार अपरान्ह नारायणी पुलमा थुप्रै सवारी साधनहरु रोकिएका थिए । चितवन प्रवेश गर्न नदिएर सवारी साधनलाई नवलपुरतर्फ नै फर्काउदा पुलमा सवारी चाप देखिएको । ‘साना सवारीमा चेकजाँच गर्दा मालबाहक ट्रकको चाप देखिएको हो’–प्रहरी निरीक्षक रेग्मीले भने ।

पछिल्ला केहीदिन चितवनमा सवारी साधनको चाप बढ्दै गएको थियो । सरकारले लकडाउन थप्ने निर्णय गरेसंगै बुधबारदेखि नै जिल्लामा थप कडाई गरिएको हो ।

फोटोः रामकुमार श्रेष्ठ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>