देश/प्रदेश
जेठ १८ गतेसम्म सीमा नाका र हवाई उडान बन्द
०

काठमाडौं, वैशाख २४–
सरकारले अन्तर्राष्ट्रीय सीमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई समेत गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।
यस्तै, सरकारले भोली वैशाख २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























