देश/प्रदेश

वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान

Banner

काठमाडौं, वैशाख २३–

सरकारले कोरोना भाइरस (कोभिड–१९)संग लडिरहेका स्वास्थ्यकर्मीहरुको सम्मानमा वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

२५ गते वुद्धजयन्ती पनि परेको छ । सोही अनुरुप पनि दीप प्रज्वलन गर्न आह्वान गरिएको एक मन्त्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>