राजनीति

जापान सरकारद्धारा काँग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

Banner

काठमाडौं,बैशाख १८-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गरेको छ । जापान सरकारले बिहीबार वरिष्ठ नेता पौडेललाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको नेपाल स्थित जापानी दूतावासले जनाएको छ ।

जापान सरकारले प्रदान गर्ने ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड पौडेललाई प्रदान गरेको हो । पौडेललाई नेपाल जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानको सो अवार्ड दिइएको बताइएको छ ।

त्यसैगरि पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान नेपाल फ्रन्डशिप पार्लमेन्टेरियन कमिटि गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>