देश/प्रदेश
दुई खाडी मुलुकबाट आयो स्वास्थ्य सामग्री
०

काठमाडौं, वैशाख १७–
नेपाललाई दुई खाडी मुलुकबाट स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) र कतारले नेपाल सरकारलाई आफ्नो विमान चार्टर्डगरी मेडिकल सामग्री पठाएका हुन्। दुबईबाट इतिहाद एयरवेज र कतारबाट कतार एयरवेजले सहयोग सामग्री बोकेर ल्याएको विमानस्थल कार्यालय प्रमुख देवेन्द्र केसीले जानकारी दिए । कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ। यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेका छन्।
त्यस्तै, दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























