Breaking News

भरतपुर कोरोना अस्पताल चोरी प्रकरणः छानविन टोलीको संयोजकमा पौडेल नबस्ने

Banner

चितवन, वैशाख १५–

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोरमा भएको चोरी प्रकरणको छानविनका लागि गठित छानविन टोलीका संयोजक चितवन उद्योग संघका अध्यक्ष एवंम कार्यदलका संयोजक राजु पौडेलले आफू जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाएका छन् ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै पौडेलको संयोजकत्वमा छानविन टोली गठन गरिएको जनाएको थियो । सो विज्ञप्ती जारी गरिएको दुई घण्टा पश्चात संयोजक पौडेलले आफू सो जिम्मेवारी निर्वाह नगर्ने घोषणा गरेका हुन् ।

पौडेलले एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘राजनीतिक रुपमा अघि बढेको विषयमा चितवन उद्योग संघ जस्तो निष्पक्ष र गैरराजनीतिक सामाजिक संस्थाको हैसियतले उक्त छानविन समितिमा रही कार्य गर्नु संघको भावना विपरीत भएकाले उक्त छानविन समितिको संयोजक पदमा रही कार्य गर्न असमर्थ रहेको जानकारी गराउँद छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>