देश/प्रदेश
पूर्वसचिव उपाध्याय धरौटीमा छुटे
०

काठमाडौं, वैशाख १५–
जिल्ला अदालत काठमाडौँले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटी बुझाएर तारिखमा छाड्न आदेशसंगै रिहा भएका छन् ।
जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले आज थुनछेक बहसपछि धरौटी २५ हजार धरौटी बुझाएर तारिखमा छुट्नुभएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत सरकारको गालीगलोज गरेको आरोपमा पक्राउ पर्नुभएका उपाध्यायलाई सरकारी वकिल कार्यालयले विद्युतीय कारोवारसम्बन्धी ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।
उनले प्रधानमन्त्रीविरुद्ध सामाजिक संजालमा स्टाटस लेखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई छोड्न माग गर्दै विरोधहरु भइरहेका थियो । उनले रिहा भएपछि प्रतिक्रिया दिँदै आफू नभइ प्रधानमन्त्री केपी शर्मा ओली नै सच्चिनु पर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























