प्रदेश २

प्रदेश २ मा चार जना कोरोना संक्रमित निको भए, आज डिस्चार्ज

Banner

वीरगन्ज,बैशाख १४-

प्रदेश २ मा चार जना कोरोना संक्रमित निको भएका छन्। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ भारतीय जमाती र रौतहटका एक युवक कोरोना भाइरसलाई हराउन सफल भएका हुन्।

उपचारका क्रममा गरिएको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई आज डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ। अस्पताल प्रमुख डाक्टर मदन उपाध्यायले भने, उनीहरुको चार वटा परीक्षण भयो। जसमध्ये पहिलो र दोस्रो पोजेटिभ आयो। तर तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागेका छौं।

निको भएका तीन भारतीय जमाती वीरगन्ज महानगरपालिका २ छपकैयास्थित मस्जिदमा बसेका थिए। प्रशासनले थाहा पाएपछि २१ जनालाई नियन्त्रणमा लिए। जसमध्ये तीन जनामा कोरोना संक्रमणको पुष्टि गत चैत ३० मा भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>