राजनीति
पार्टी फुटाउने प्रस्ताव सुरेन्द्र यादवको,अपहरणको कुरा हावादारीः सांसद प्रदीप यादव

काठमाडौं, वैशाख १२-
देश कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेका बेला पछिल्लो केही दिनयता नेपाली राजनीति वृत्त पनि तातियो। प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश, अध्यादेश जारी भइसकेपछिका घटनाक्रम चर्चामा रहे।
बुधबार मात्रै राजपा र समाजवादी पार्टीबीच एकताको घोषणा भयो। तर समाजवादी पार्टीका केही सांसदहरु पार्टी विभाजन गर्न लागेको समाचार पनि चर्चामा आयो।
सांसद प्रदीप यादवको नाम पनि समाजवादीबाट छुट्टिर जाने भन्नेमै थियो। यसै विषयमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालका संवाददाताले सांसद यादवसँग कुराकानी गरेका छन्। सो कुराकानीका क्रममा सांसद यादवले पार्टीमा असन्तुष्टि रहेको स्पष्ट पारेका छन्। ‘असन्तुष्ट १०/११ जना सांसदहरुको एउटा समूह बनाएका थियौं’ उनले भने ‘नेतृत्वलाई कसरी दवाव दिने, पार्टीलाई कसरी सही ट्रयाकमा ल्याउने भन्नेमा थियौँ।’
यही बेला सरकारबाट अध्यादेश आएपछि आफूहरुलाई चर्चामा ल्याइएको उनले बताए। उनले पार्टी फूटाउनका निमित्त समूह नबनाएको दावी समेत गरेका छन्।सेतोपाटीबाट






















