देश/प्रदेश
देउवाले दिए नवगठित जसपा पार्टीका नेताहरुलाई बधाई
०

काठमाडौं, वैशाख ११–
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशवादी दुई दल एकीकरण भएकोमा खुशी व्यक्त गरेका छन् ।
उनले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा पार्टीका नेताहरुलाई बधाई ज्ञापन गरे ।
देउवाले यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।
बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो भने आज नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















