देश/प्रदेश
वैशाख १७ मा काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
०

काठमाडौं, वैशाख १०–
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि मङ्गलबार बसेको काँग्रेस पदाधिकारी बैठकले सोही विषयमा छलफल गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























