राजनीति

सरकारको अध्यादेश बारे काँग्रेसको गम्भिर आपत्ती, सभापति देउवाले डाके बैठक

Banner

काठमाडौँ, वैशाख ९-

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कोरोनाको सङ्क्रमणसँग पूरै विश्व एक भएर लडिरहेका बेला सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकोप्रति काँग्रेसले गम्भीर असहमति प्रकट गरिसकेको छ । सरकारको उक्त कदमपछि कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ । सभापति देउवाले सोमबार नै एक वक्तव्यमार्फत विधेयक तत्काल फिर्ता लिन माग गर्दै कोरोनाबाट जनताको जीवनरक्षामा सम्पूर्णरूपले केन्द्रित हुन सरकारलाई अपिलसमेत गर्नुभएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>