राजनीति
मुख्यमन्त्री पोखरेलले भने, ‘पार्टी फुट्ने होइन, अनुशासित बनौँ, जिम्मेवार बनौँ’
०

काठमाडौं,बैशाख ८-
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशकै कारण पार्टी फुट्ने र जुट्ने कुरामा कुनै फरक नपार्ने बताएका छन्। उनले यसलाई लोकतान्त्रिक विशेषताका रुपमा बुझ्दै अनुशासित हुन आग्रह गरेका छन्।
पोखरेलले सरकारले दल फुटाउन खुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न ल्याएको अध्यादेशमा रहेको ४० प्रतिशतको व्यवस्थालाई लोकतान्त्रिक विशेषता भनेका हुन्।
‘ऐनले पार्टी फुट्ने नि होइन ऐनले पार्टी जुट्ने नि होइन। ४० प्रतिशतको को प्रावधानको लोकतान्त्रिक विशेषता नै हो’, मुख्यमन्त्री पोखरेलले फेसबुकमार्फत भनेका छन्, ‘अनुशासित बनौँ, जिम्मेवार बनौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























