नवलपुर

नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

Banner

चितवन,बैशाख ३-

नारायणी नदीमा बुधबार साँझ डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् ।नवलपुरको मध्यविन्दु नगरपालिका –२, नन्दपुरमा नारायणी नदीमा डुङ्गा पल्टिँदा मध्यविन्दु नगरपालिका –२ , गैरी टोल बस्ने १४ वर्षीया बालिका कञ्चना महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायबउपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभयो ।

डुङ्गामा चार जना रहेकोमा तीन जनाको स्थानीयले उद्धार गरेको तर बालिका महतो भने नदीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक खाँडले जानकारी दिनुभयो । उनीहरु नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएर फर्किने क्रममा डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>