देश/प्रदेश
सुदूरपश्चिमका सबै जिल्लामा र्यापिड टेष्ट सुरु

काठमाडौं, चैत २९–
कोरोनाको माहामारी हुन सक्ने सुदूरपश्चिमका सबै जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट सुरु भएको छ ।
आज (शनिबार) बझाङ र दार्चुलामा र्यापिड डायग्नोस्टिक टेष्ट किट पुगेसंगै सुदूरपश्चिमका सबै जिल्लामा र्यापिड टेष्ट सुरु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए ।
उनकाअनुसार सुरुमा स्थानीय तहको क्वारेन्टाइनमा राखिएका सबैको परीक्षण गरिनेछ भने दोस्रो चरणमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुनेछ । तेस्रो चरणमा लक्षण देखिएकाहरुमा पनि परीक्षण गर्ने तयारी छ ।
कैलालीको धनगढी उपमहानगपालिका–५ मा स्थानीय संक्रमण देखिएसँगै सुदूरपश्चिमलाई सबैभन्दा जोखिममा रहेको प्रदेश मानिएको छ । त्यही कारण सरकारले पनि जोखिममा रहेका क्षेत्रहरुमा र्यापिड टेष्टका लगि अनुमति दिएको थियो । सुदूरपश्चिममा हाल चार जनामा कोरोना संक्रमण देखिएको छ ।
























