देश/प्रदेश

सर्वोच्चको आदेशः स्वदेश फर्कन चाहनेलाई नरोक्नु

Banner

काठमाडौं, चैत २५–

सर्वोच्च अदालतले स्वदेश फर्कन चाहने प्रवासी नेपालीलाई नरोक्न आदेश दिएको छ ।

स्वदेश आउन चाहनेलाई सकेसम्म ल्याउन र क्‍वारेन्टाइनमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । विदेशमा रहेका नागरिकलाई नेपाल फर्कन रोक लगाउने सरकारको निर्णय अनि महाकालीपारिबाट नेपाल फर्कन चाहेकाहरुलाई सुरक्षाकर्मीले गरेको अवरोधविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले उनीहरुलाई नरोक्न आदेश दिएको हो ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा. मनोजकुमार शर्माको इजलासले महाकालीपारि अलपत्र परेका नागरिकहरुका हकमा पनि त्यस्तै आदेश जारी गरेको हो । सर्वोच्चले नेपालीहरु विदेशबाट स्व‍देश आएको अवस्थामा सम्पूर्ण व्यक्तिहरुको नामथर, ठेगानालगायत लगत राख्न पनि आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>