देश/प्रदेश
भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली वृद्ध पक्राउ
०

काठमाडौं, चैत २५–
भारतको एक अस्पतालबाट फरार भएका कोरोना संक्रमित एक नेपाली पक्राउ परेका छन् ।
उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमितलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।
उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको हो । कोरोना संक्रमित सुनसरी भोक्राहाका ६५ वर्षीय सफिद मियाँ भएको बताइएको छ ।
उनी तबलिगी सम्मेलनमा सहभागी हुन पुगेका थिए । उक्त सम्मेलनमा सहभागी व्यक्तिमा कोरोना देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । सो क्रममा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको भारतीय प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























