देश/प्रदेश

कोरोनाविरुद्धको अभियानमा ५० हजार स्वयंंसेविका परिचालन हुने

Banner

काठमाडौं, चैत २३–

सरकारले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको उपचारका लागि देशभर ५० हजारभन्दा बढी ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले देशैभरका ५० हजारभन्दा बढी ग्रामीण स्वयंसेविका उपयोग गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए। उनका अनुसार कोरोनाविरुद्धको अभियानमा परिचालित हुने स्वास्थ्य स्वयंसेविकाको उचित भत्ता रकम र बीमाको व्यवस्था हुने भएको छ। उनीहरुको उपयोग विभिन्न स्थानीय तहमा गर्दा पहिचान र सेवा उपयोगी हुने ठम्याई सरकारको छ।

यस्तै बैठकले क्वारेन्टाइनमा १४ दिन बसेकाहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै घर जान दिने निर्णय गरेको छ। स्वास्थ्य परीक्षण गर्दा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिए उनीहरुलाई आइसोलेसनमा राखिने सचिव विडारीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>