देश/प्रदेश

मन्त्रीपरिषद् निर्णयः कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गरिने

Banner

काठमाडौं, चैत २२–

सरकारले कोरोना संक्रमित भेटिएका जिल्लाहरु कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको छ ।

आज (शनिबार) बसेको मन्त्रीपरिषद् बैठक निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले संक्रमितको संख्या बढ्न सक्ने भएकाले ती जिल्लाहरुमा कोरोनाको र्‍यापिड टेष्ट गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसमा कुनै शंका लागेमा पिसिआर मेसिन मार्फत कोरोना परीक्षण गरिने मन्त्री खतिवडाले बताए । उनले भने–‘तीन जिल्लामा पूर्ण रुपमा कोरोना परीक्षण गर्नेर्छौ, सुरुमा ¥यापिड टेष्ट त्यसपछि पिसिआर मार्फत परीक्षण गर्छौ’ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>