चितवन विशेष

भरतपुर महानगरपालिकामा विपन्न समुदायलाई राहत वितरण सुरु

Banner

चितवन,चैत २१-

लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका परिवारलाई चितवनको भरतपुर महानगरपालिकाले राहत वितरण सुरु गरेको छ। महानगर प्रमुख रेनु दाहालका अनुसार शुक्रबार महानगरका विभिन्न वडामा राहत वितरणको काम सुरु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले लागु गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गरेर खाने र अति विपन्न समुदायलाई वडा–वडाबाट राहत वितरण गरिने नगर प्रमुख दाहालले बताइन् ।

यसका लागि महानगरले महानगरका २९ वडालाई तीन समूहमा वर्गीकरण गरेको छ । वडाध्यक्षहरुले आआफ्नो वडामा भएका विपन्न, गरिब र ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका घरधुरीको तथ्यांक निकालेर महानगरमा पेश गरेका आधारमा वडाहरुको समूह विभाजन गरिएको छ ।

कम गरिब र विपन्न भएका वडाहरुलाई एक लाख ५० हजार, मध्यम संख्या भएको वडालाई दुई लाख र बढी विपन्न भएका वडालाई तीन लाखका दरले राहत रकम दिइने नगर प्रमुख दाहालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>