देश/प्रदेश
यसरी चल्यो इसेवा बहिस्कार अभियान

काठमाडौं, चैत २०–
डिजिटल पेमेन्ट गेटवेको रुपमा स्थापित इसेवाप्रति प्रयोगकर्ताको अविश्वास बढ्न थालेको छ । प्रयोगकर्ताहरुले नै अहिले इसेवा बहिष्कार अभियान चलाउन थालेका छन् । इसेवा बहिष्कार अभियानको पछाडी कारण भने फरक छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार हुन् अस्गर अली । उसको समूहले काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेर समाचार डिलेट गरेको आरोप लाग्यो । आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अस्गर अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गराएको आरोप लागेपछि अलीको समूहले नै चलाएको इसेवाप्रति जनताले विश्वास गुमाएका हुन् ।
इसेवाका मालिक समेत रहेका अस्गरको समूहले अनधिकृत काम गरेको आरोप लागेपछि ग्राहकहरुले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान चलाएका हुन् । प्रयोगकर्ताहरुले आफूहरुको पैसा पनि असुरक्षित रहेको भन्दै इसेवा बहिष्कार गरेका हुन् ।
























