देश/प्रदेश

चीनले सहयोगस्वरुप दिन लागेको किट काम नलाग्ने, तिब्बतले नेपाल पठाउनै रोक्यो

Banner

काठमाडौं, चैत १५–

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि चीन सरकारले सहयोगस्वरुप नेपाललाई दिने भनिएको दुई हजार किट काम नलाग्ने भएको छ । ती किट ‘निर्यातयोग्य नभएको’ भन्दै तिब्बतले नेपाल पठाउनमा रोक लगाएको छ ।

बेइजिङबाट छेन्दु हुादै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा शनिबार सडकमार्गबाट काठमाडौं पठाउने भनिएका किट छेन्दु र ल्हासामै अड्किएका छन् । ‘तिब्बतको स्वास्थ्य विभागले अहिले नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि गरेको छ, यो जानकारी यहाँको परराष्ट्र मन्त्रालयमार्फत् हामीले पनि शनिबार बिहान पाइसकेका छौं,’ महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले फोनमा जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>