गण्डकी

भारतबाट बाग्लुङ पुगेका व्यक्तिमा कोरोना नभएको पुष्टि

Banner

गलकोट, चैत १३–

धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचारका लागि आएका एक बिरामीमा कोरोना सङ्क्रमणको आशङ्का भएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको रिपोर्ट नेगेटिभ आएको छ । यही चैत ६ गते अस्पताल आएका ती बिरामीको लक्षण कोरोनासँग मिल्ने भएकाले छुट्टै विशेष निगरानीमा राखेर परीक्षणसहित परामर्श गरिएको थियो ।

कोरोनाको आशङ्कामा उक्त व्यक्तिको चैत १० गते स्वाबको नमूना सङ्कलन गरी काठमाडौँस्थित टेकु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रमा पठाइएको थियो । उक्त व्यक्तिको रिपोर्ट नर्मल (नेगेटिभ) आएको धौलागिरि अञ्चल अस्पताल बाग्लुङका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिनुभयो ।

भारतको पटनाबाट आएको हुनाले कोरोना आशङ्कामा स्वाब परीक्षणका पठाइएको भए पनि कोरोना नलागेको रिपोर्ट आफूले एसएमएसबाट प्राप्त गरेको डा पोख्रेलको भनाइ छ । यस्तै कुडुलेकी एक जनाको पनि स्वाब पठाइएकामा रिपोर्ट आउन दुई दिन लाग्ने उहाँले बताउनुभयो । कोरोना आशङ्का गरिएका उक्त व्यक्तिलाई घर फिर्ता पठाउने तयारी अस्पतालले गरेको छ । रिपोर्टमा कोरोना नदेखिए पनि उनलाई घरमा छुट्टै बस्नका लागि आग्रह गरिएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>