गण्डकी

पोखरामा क्वारेन्टाइनमा राखिएका एक पुरुषको मृत्यु

Banner

कास्की,चैत १२-

पोखरामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ। भारतको हैदरबादबाट फर्किएपछि मंगलबार क्वारेन्टाइनमा राखिएका ५० वर्षीय पुरुषको मृत्यु भएको जानकारी रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दिएका छन्। भारतको हैदरावादबाट फर्किएपछि रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो।

क्वारेन्टाइनमा राखिएकै अवस्थामा गम्भीर बिरामी भएपछि उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा उनको बाटैममा मृत्यु भएको हो। ती व्यक्ति १२ दिनअघि हैदरावादबाट रुपा गाउँपालिकास्थित घर फर्किएका थिए। तर उनलाई कोरोना आशंकमा मंगलबारदेखि गाउँकै क्वारेन्टाइनमा राखिएको थियो।

चिकित्सकहरुका अनुसार उनी मुटु रोगी थिए। उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेकाले मृत्युको कारण कोरोना संक्रमण या अरु कुनै कारण खुल्न नसकेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>