गण्डकी
क्रिश्चियन बने कोरोना लाग्दैन भन्दै प्रवचन दिँदै हिडेका धर्म गुरु पक्राउ
०

पोखरा, चैत ११–
अहिले विश्वलाई नै कोरोना भाइरस (कोभिड–१९) ले आतंक बनाएको छ । यसबाट बच्नका लागि कुनै औषधि उपचार छैन । तर नेपालमा एक क्रिश्चियन धर्मगुरु (पास्चर) भने गलत अफवाह फैलाउँदै हिडेका छन् । अन्ततः उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
कास्कीको सुकुम्बासी बस्तीमा पुगेर यशुका अनुयायी बनेमा कोरोना भाइरसले छुन नसक्ने भन्दै प्रवचन दिएका क्रिश्चियन धर्मगुरु (पास्चर) केशवराज आचार्य पक्राउ परेका हुन् ।
जुम्ला घर भइ पोखरा–२९ पावर हाउस बस्दै आएका उनी स्थानीय प्रशस्त कटनी मण्डलीका पास्चर हुन् । सरकारले भीडभाड नगर्न भनेको अवस्थामा चर्चमा सर्वसाधारण जम्मा गरी यशुले कोरोना भाइरस नास गरिदिनुहुन्छ भन्दै प्रवचन दिएपछि पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























