देश/प्रदेश

लकडाउन टेरनन् जनता, सडकमै उत्रिए सेना

Banner

सप्तरी, चैत ११–

सरकारले आजदेखि लकडाउन घोषणा गरे पनि धेरै ठाउँमा जनताले उल्लंघन गरेका छन् । सबैभन्दा बढी उल्लंघनको घटना प्रदेश २ मा भएको छ । जसका कारण सप्तरीमा प्रहरीले नसकेपछि नेपाली सेनासमेत सडकमा उत्रिएको छ ।

सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गराउन सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए ।

सर्वसाधारण घर बाहिर आउँदा उनीहरुलाई सम्झाएर घरभित्रै बस्न सुरक्षाकर्मीले आग्रह गरिरहेको प्रशासकीय अधिकृत कट्टेलले बताए ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>