देश/प्रदेश
महावीर पुनले बनाउने भए चिकित्सकले लगाउने पीपीइ ड्रेस
०

काठमाडौं, चैत ११–
नेपालका चिकित्सकहरुले असुरक्षित महसुस गरेपछि अन्वेषक महावीर पुनले कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेस बनाउन अघि सरेका छन् ।
अहिले उक्त ड्रेस अभाव भएपछि पुन आफै अघि सरेका हुन् । उनले आफैं स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत पीपीई उत्पादन गर्ने प्रक्रिया थालेका हुन् ।
पुनका अनुसार त्रिवि शिक्षण अस्पताल काठमाडौं र वीपी अस्प्ताल धरानबाट त्यस्तो ड्रेस बनाउनका लागि आविष्कार केन्द्रमा अनुरोध आएको थियो । त्यस बमोजिम आविष्कार केन्द्रले ड्रेसको डिजाइन तयार गरिरहेको छ ।
साथै, ४०० वटा जति ड्रेस बनाउन चाहिने सामग्री पनि उपलब्ध भएको पुनले जानकारी गराएका छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै यी ड्रेसहरु सिलाउनका लागि टेलर आवश्यक परेको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























