देश/प्रदेश
सेनाले भन्योः‘आकाशबाट कोरोनाविरुद्धको किटनाशक औषधि छर्कने कुरा हल्ला मात्र हो’
०

काठमाडौं, चैत ८–
शनिबार बिहान एकाएक फेसबुक म्यासेन्समा एक मिनेटको एउटा भिडियो भाइरल भयो । जसमा भनिएको थियो काठमाडौंको नर्भिक हस्पिटलमा कोरोनाका बिरामी भेटियो भनेर । गलत अफवाह फैलाईएपछि अस्पतालले विज्ञप्ती नै जारी गरेर खण्डन ग¥यो र प्रहरीले अनुसन्धान पश्चात हल्ला फैलाउनेलाई पक्राउ गरी कारावही नै गर्यो ।
त्यसलगत्तै २९ सेकेण्डको फेरी अर्को म्यासेन्जरमा भाइरल भयो ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने हल्ला फैलियो । त्यसपश्चात सामाजिक सञ्जालमा फैलाइएको सो हल्लामा सत्यता नरहेको नेपाली सेनाले स्पष्ट पारेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।
‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























