देश/प्रदेश

प्रदेश १ मा भारतसँग सीमा जोडिएका दुई नाका मात्र सञ्चालन हुने

Banner

विराटनगर, चैत ७–

प्रदेश नं १ को सरकारले सङ्घीय सरकारलाई कोभिड–१९ प्रति उच्च सतर्कता अपनाउन भारतसँग सीमा जोडिएका विराटनगर र काकरभिट्टाबाहेक अन्य नाका बन्द गर्न आज सुझाव दिएको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर–१८ स्थित बुधनगरमा स्थापित एकीकृत भन्सार जाँच चौकीको आज अनुगमन एवं निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै प्रदेशअन्तर्गतका भारतसँग सीमा जोडिएका दुईबाहेक अन्य सबै छोटी नाका बन्द गर्न सुझाव दिएको जानकारी दिनुभयो ।

उहाँले नेपाली र भारतीय नागरिकलाई कोरोना भाइरसप्रति उच्च सर्तकता अपनाउनका लागि खुल्ला नाकालाई व्यवस्थित गर्न सुझाव दिएको र आगामी केही दिनभित्र कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस सम्बन्धमा नेपाल र भारतबीच आवश्यक छलफल भइरहेको बताउनुभयो ।

यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारको सहयोगमा जाँच चौकीमा भालि कोभिड–१९ को परीक्षणका लागि स्वास्थ्य चौकी स्थापना गरिने बताउनुभयो । उहाँले लामो दुरीबाट आउने ट्रक तथा लहरीका चालक, सहचालकको स्वास्थ्यप्रति ध्यान दिन र सङ्क्रमण नफैलियोस् भन्ने सर्तकताका लागि स्वास्थ्य चौकी स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

५० श्याको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने

प्रदेश नं १ को सरकारले कोभिड–१९ प्रति उच्च सर्तकता अपनाउन र प्रभावित बिरामीको उपचारका लागि ५० श्याको आइसोलेसन अस्पताल आगामी सातभित्रमा सञ्चालनमा ल्याउने भएको छ । विराटनगर–१० स्थित नेशनल ट्रेडिङको साढे पाँच बिघा जग्गामा रहेको भवनलाई आवश्यक मर्मतसम्भार गरी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुविधा सम्पन्न बनाइ कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोगमा ल्याउने भएको छ ।

अस्पताल सञ्चालनका ल्याउनका लागि सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुरक्षा निकायका एक–एक प्रतिनिधि रहेको भौतिक व्यवस्थापन समिति गठन गरिएको त्यसलाई आवश्यक प्राविधिक सुझाव प्रदेश अस्पताल ९कोशी० ले दिने मन्त्री घिमिरेले जानकारी दिनुभयो । प्रदेशका विभिन्न अस्पतालमा उपचार गराएको कोरोना प्रभावित विरोमीहरुलाइ रिफर पश्चात उक्त अस्पतालमा उपचार गराइने छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा निर्माण भएको कोरोना नियन्त्रण र नियमन निर्देशन समितिको निर्णयअनुसार अस्पताल सञ्चालनमा ल्याउन लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । अस्पताल खञ्चालनका ल्याउनका लागिएको भवनको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री घिमिरे, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, नेपाली सेना, सुरक्षा निकायका प्रदेश प्रमुखले आज अनुगमन गर्न भएको थियो ।

यसैगरी प्रदेश मन्त्रीहरुको टोलीले विरानगर भन्सार कार्यालय भारतीय सीता क्षेत्रमा सञ्चालित कोभिड–१९ नियन्त्रण, सर्तकता स्वास्थ्य जाँच चौकीको अनुगमन गर्नुभयो । सो अवसरमा कानूनमन्त्री कार्कीले स्वास्थ्य जाँचको लागि आवश्यक सामग्रीको कुनै कमी हुन नदिने बताउनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>