देश/प्रदेश

प्रदेश १ सँग जोडिएका सबै भारतीय नाका बन्द गर्ने निर्णय

Banner

काठमाडौं, चैत ७-

प्रदेश नम्बर एकले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्ने निर्णय गरिएको बताए।

‘अहिलेलाई नाकाहरूमा अत्यावश्यक वस्तुको आपूर्तिबाहेक दुबैतर्फबाट मानिसहरूको आवतजावत रोक्ने निर्णय भयो। अब यसको लागि केन्द्र सरकारलाई अनुरोध गर्छौं,’ उनले भने।

प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>