देश/प्रदेश
कोरोना विरुद्ध सरकारको तयारी: ४३ करोड बराबरको चामल खरिद प्रक्रिया अघि बढायो
०

काठमाडौं, चैत ७-
सरकारले दश हजार मेट्रिक टन चामल खरिद प्रक्रिया अघि बढाएको छ । बजारमा अत्यावश्यक बस्तुमा हुने कालोबजारीमा हस्तक्षेप गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिद प्रक्रिया अघि बढाएको हो ।
करिब ४३ करोड रुपैयाँ बराबरको उक्त परिमाणको चामल खरिदका लागि बोलपत्र आहृवान गरिसकिएको कम्पनीले जनाएको छ ।
कोरोना भाइरसका कारण उत्पन्न हुने खाद्य संकट टार्न कम्पनीको भण्डारणमा चामल थप्न लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























