देश/प्रदेश

कोरोना प्रभावः कतारले १५० नेपाली कामदारलाई नेपाल पठायो

Banner

काठमाडौं, चैत ७–

कोरोना भाइरस (कोभिड–१९) का कारण कतार सरकारले पक्राउ गरेको एक सय ५० जना नेपाली कामदारलाई नेपाल पठाएको छ ।

भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् । कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए ।

कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।

तस्बिर सौजन्यः महेश्‍वर नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>