देश/प्रदेश

कोरोना नियन्त्रणमा काठमाडौं महानगर तात्यो, १० करोडको कोष स्थापना

Banner

काठमाडौं, चैत ६–

सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न कामहरु अगाडि बढाइरहेका बेला स्थानीय तहहरुले समेत नयाँ नयाँ काम गर्न थालेका छन् । जस स्वरुप काठमाडौं महानगरपालिकाले कोभिड १९ नियन्त्रण र रोकथामका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

महानगरका नगर प्रमुख विद्यासुन्दर शाक्यकले कोरोना फैलन नदिन र फैली हाले नियन्त्रणका लागि महानगर पूर्व तयारी स्वरुप कोष निर्माण गरेको बताए । उनले यस कोषबाट महानगरपालिकाका साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने बताए ।

महानगरले विभिन्न स्थानमा स्वास्थ्य जनशक्तिसहित हेल्प डेस्क स्थापना गर्ने र निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने मेयर शाक्यले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>