देश/प्रदेश

कोरोना प्रभाव : कैदीबन्दी भेटघाट बन्द

Banner

तनहुँ, चैत ६-

सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो ।

कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले भने, “अत्यावश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ ।” अत्यावश्यक रुपमा भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्य मास्क लगाई साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको उनले बताए ।

उक्त कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी छन् । पैतीँस क्षमताको उक्त कारागारमा कैदी ८० र थुनुवा ६६ गरी हाल १ं४६ कैदीबन्दी छन् । कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण गरिए पनि सञ्चालनमा ल्याउन ढिलाइ भएका कारण गर्मी मौसम शुरुआतसँगै कैदीबन्दीले कठिनाइ भोग्नुपरेको उनले बताए ।

कारागार नजीक विद्युत्को थ्रीफेज नहुँदा सञ्चालन गर्न गाह्रो भएको छ । उनले भने, “नेपाल विद्युत् प्राधिकरण कार्यालयसँग कुरा भइरहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुत्न र शौचालय जान समस्या हुने गरेको छ । कारागार परिसरमा निर्माण सम्पन्न गरिएको नयाँ बन्दीगृह सञ्चालनमा ढिलाइ भएका कारण कैदीबन्दीले सास्ती भोग्नुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>