Breaking News

भरतपुर अस्पतालमा आइसोलेसनमा राखिएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

Banner

चितवन,चैत ३-

भारतबाट फर्किएको भनेर कोरोना भाइरस संक्रमणको आशंकामा भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालका पवक्ता लिलाधर पौडेलले आज नारायणी अनलाइनलाई सो जानकारी दिएका हुन् । उनमा कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । बिरामीको नमुना परीक्षणका लागि आइतबार काठमाडौं पठाइएको थियो ।
यसअघि चितवनबाट तीन जनाको कोरोना परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको पौडेलले बताए । विश्वभर कोरोनाको संक्रमण फैलिएपछि चितवनसहित देशैभर सुरक्षा सतर्कता बढाइएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>